रोचक

ठूलो आवाज निकालेर पादेको भन्दै ६८ हजार रुपैयाँ जरिवाना तिराइयो !

जिन्दगीमा कहिलेकाहीँ सानोतिनो ग’ल्ती पनि निकै भा’री पर्न सक्दछ । युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पा’द्नु निकै महंगो सावित भयो । पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरी पा’देको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरि’वाना गरेको छ । गत जुन ५ तारेख राजधानी भियनामा उक्त घट’ना भएको बताइएको छ ।

ती युवक भियनास्थित एक पार्कमा बेन्चमा बसिरहेका थिए । त्यहीँ बेला गस्तीमा रहेको प्रहरी त्यहाँ आयो र उनको परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवकले एक्कासी आफ्नो पछाडिको बसेको भाग माथि उठाए र जोडसँग पादे । त्यस्तो असभ्य कार्य गरेसँगै पुलिसले ती युवकमाथि ५ सय युरो (करिब ६८ हजार रुपैयाँ) ज’रिवा’ना गर्‍यो ।

आफूमाथि अन्या’यपूर्ण रुपमा जरिवाना गरिएको भन्दै ती युवकले स्थानीय मिडियामा समेत अन्तरवार्ता दिए । तर पुलिसले आफ्नो कदमको बचा’उ गर्दै पुलिसको अगाडि नियतबस जोडसँग पाद्ने कार्य गरेको हुँदा उनलाई ज’रि’वाना गरिएको बताएको छ ।ट्विटरमार्फत् अष्ट्रियन पुलिसले भनेको छ, ‘अवस्य पनि यदि कसैलाई स्वभाविकरुपमा अकस्मात् पा’द आउँछ भने त्यसमा सजाउ गरिँदैन । तर ती युवकले पुलिसलाई उत्ते’जित बनाउने तथा अ’सहयोग गर्ने कार्य गरेका थिए ।’

पुलिसका अनुसार उनको परिचय सोध्नासाध उनले आफ्नो जीउको पछिल्लो भाग बेन्चबाट माथि उठाए, पुलिस अधिकारीको अनुहारमा हेरे र पूर्णतः जानीजानी ठूलो आवाजमा पादे । साथै ती युवकलाई उनीमाथिको जरि’वाना चित्त नबुझेमा अदालतमा गएर चु’नौती दिनसक्ने पनि पुलिसले जनाएको छ ।

Related Articles

Back to top button
Close