समाचार

एक गोर्खाली: जसले भारतमा ४० डाँकासँग लडेर जोगाएका थिए नारीको ईज्जत

काठमाडौं । पर्बत जिल्लाको बाच्छा गाउमा जन्मी माथि गोर्ल्यांग गल्छिना र तल बाच्छाखोला हुँदै काली गङ्गा सम्मका पाखा पखेरा खोच खंतेरा हरुसंग हाँस्दै खेल्दै पिरती गास्दै देउराली खोला हुदै कडेनी साँघु मुनि र भुतेको दहमा पौडी खेल्दै बाच्छा गाउको रमाइलो बाताबरण संगै हुर्किनु भएका युबा बिष्णु श्रेष्ठ जसले बाच्छा गाउको नाम संगै सिंगो देशको शिर उच राख्न सफल हुनुहुन्छ जो एक्लै मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र ४० डाँ’कासँग भिडेर कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाही बहादुर बीर गोर्खाली बिष्णु श्रेष्ठलाई मेरो हृदय देखि नै सलाम ।

जन्मथलो बाच्छा हुँदै कर्मथलोको भारतीय सैनिक भर्ति हुन पुग्नुभएका बिष्णु हाल पोखरामा बसोबास गर्नुहुन्छ । विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खु’कुरीको भरमा। तीन डाँ’का मा’रिए, लु’टिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँ’का समूहबाट बला’त्कृत हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।

भारत सरकारले विष्णु श्रेष्ठलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वाेत्तम जीवनरक्षा मेडलबाट सम्मान ।’भारतमा यस्तो अवार्ड कमैले पाउँछन्।’ अवार्डसँगै उनले भारत सरकारका तर्फबाट ठूलो धनराशिको पुरस्कार र विभिन्न मुलुक जाँदा हवाई तथा रेलयात्रामा विशेष सुविधासमेत पाउँदै।गोर्खा रेजिमेन्ट ७/८ जिआर पल्टनमा नायक पदमा १७ वर्षदेखि सेवारत उनी स्वेच्छिक अवकास लिएर सेप्टेम्बर २ मा घर फर्कंदै थिए। उनी चढेको ‘मोहरिया एक्सप्रेस’ को रेलमा मध्यरात जंगलमा डाँका समूहले भीषण डकैती गर्‍यो।

Related Articles

Back to top button
Close