समाचार

सँगै गएका श्रीमान जर्मनी छिरे, श्रीमती एयरपोर्टमै १४ दिन रोकिएर जहाजको एक्लो यात्रु बनेर नेपाल फर्किइन्

काठमाडौँ- गत जुन ४ तारिखमा नेपालबाट जर्मनीको फ्र्याँकफर्टका लागि उडेको कतार एयरलाइन्सको चार्टर्ड विमानमा श्रीमानसँगै थिइन् सरिता ज्ञवाली। श्रीमान पहिलैदेखि जर्मनीमा बस्दै आएका थिए भने सरिताको यो पहिलो जर्मनी यात्रा थियो।तर फ्र्याकफर्ट अध्यागमनले श्रीमानलाई सजिलै ‘इन्ट्री’ दियो। सरिताको पासपोर्टमा छाप लाग्यो ‘ इन्ट्री रिफ्युज।’ सरिता एयरपोर्टमै रोकिइन्। उनका श्रीमानउनलाई एक्लै छाडेर विमानस्थलबाट बाहिरिनु पर्‍यो। यसपछि सुरु भयो सरिताको नमिठो अनुभव। ‘एयरपोर्टमा म १३ दिन बसेँ। म एक्लै थिएँ। सँगै गएका श्रीमानसँग अलग भएर यसरी फर्किनपर्लाभनेरसोचेकै थिइनँ २५ वर्षीया सरिता भन्छिन्।

काठमाडौंको कोटेश्वर घरभएकी सरिता श्रीमानसँगको नाता लगाएर भने जर्मनी जान खोजेकी थिइनन्। उनी अध्ययनका लागि विद्यार्थी भिसामा जान लागेकी थिइन्। जर्मनीमा अध्ययनका लागि उनको तीन महिनाको भिसा लाग्यो तर कोरोना भाइरसको महामारीका कारणतत्कालै उड्नसकिनन्।गत माघमा मात्र जर्मनीबाट फर्किएका उनका श्रीमान पनि उतै फर्कने हतारोमा थिए। सरिताको भिसाको अवधि केवल १० दिन बाँकी छँदानेपालबाट कतार एयरलाइन्सले फ्र्याँकफर्टका लागि चार्टर्ड उडान गर्न लागेको उनको परिवारले थाहा पायो।

‘मैले अरुसँग बुझ्दा पनि समस्या पर्दैन,जर्मनीले छिर्न दिन्छ भनेपछि श्रीमानसँगै गएकी हुँ। तर जर्मनीको भिसा भएपनि पहिलोपटक प्रवेश गर्न लागे कोभए काले फ्र्याँकफर्ट अध्यागमनले मलाई इन्ट्री रिफ्युज गर्‍यो’, कतार एयरलाइन्सबाट दोहा हुँदै बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी सरिता भन्दै थिइन्। एक वर्षअघि विवाह गरेकी उनि मास्टर्स गर्न जर्मनी जान लागेकी थिइन्।लकडाउनपछि विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धारगर्दा सँगसँगै थुप्रै नेपाली पनि गएका थिए।

आफ्नो देशमा बस्ने कागजपत्र भएका नेपालीलाई पनि उनिहरुले लगेका थिए। सरिताका अनुसार जर्मनी जान हवाई टिकटका लागि उनले २ लाख ३३ हजार नेपाली रुपैयाँ खर्च गरेकी थिइन्। ‘ १४ दिनसम्म म एक्लैँ जस्तो भएँ। एयरपोर्टमा पनि अनि विमानमा पनि’, सरिताले भनिन्। परराष्ट्र मन्त्रालयको विषेश पहलमा उनी काठमाडौं फर्कन सम्भव भएको हो। कतार एयरलाइन्सको त्यो ठूलो जहाजमा उनी एक्लो यात्रु बनेर काठमाडौँ फर्किएकी हुन्।

नेपाल आइसकेपछि अर्को समस्या जर्मनीको लागि अध्ययन भिसालागिसकेपछि उनी विश्वविद्यालयकोअनलाइन क्लासमा नियमित सहभागी भइरहेकी छिन्। पछिल्लो १४ दिनमाउनी विमानस्थल विमानमा रहिन्।बिहीबार त्रिभुवन विमानस्थलमा आइपुगेपछि उनलाई सेनाले क्वारेन्टिनका लागि होल्डिङ सेन्टरमा लगेको छ। आगामी जुन २९ तारिखमा विश्वविद्यालयमा उनको अनलाइन परीक्षा सुरु हुँदै छ।‘कोटेश्वरमा घर छ।

जुन २९ तारिखदेखि परीक्षा भएकाले मैले घरमै क्वारेन्टिनमा बस्छु भनेकी थिएँ तर त्यस्तो नहुने भयो’, उनले गुनासो गरिन्।सरकारले विदेशबाट फर्कने नेपालीका लागि कोरोना भाइरस परीक्षण नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने अनिवार्य शर्त राखेको छ। नेपाल आइसकेपछि सरकारी क्वारेन्टिन वा होटल क्वारेन्टिनमा बस्नुपर्छ।’ मैले उता कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने कुनै सम्भावना नै थिएन’, स्थायी घर गुल्मीको रुरु भएकी सरिताले भनिन्।सरितालाई लिएर आएको कतार एयरवेज केहीबेरमा युरोप र अमेरिकाका नागरिक लिएर कतारका लागि उड्दै छ।

Related Articles

Back to top button
Close