समाचार

यी हुन तीन महिनाको रु एक लाख ३५ हजार घरभाडा छुट दिने घरबेटी

काठमाडौं । कोरोना महामारीमा भएको बन्दाबन्दीले समस्यामा परेका भाडावाला व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापाले घरभाडामा ५० प्रतिशत छुट दिनुभएको छ ।पोखरा महानगरपालिका वडा नं ५ पस्याङस्थित घरभाडामा रहेको ‘मल्टी स्टार मोटर प्रालि’को शो रुमलाई तीन महिनाको ५० प्रतिशत भाडा छुट दिइएको थापाले जानकारी दिनुभयो ।

अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडामा छुट दिने निर्णय गरेका हौँ ”, अन्नपूर्ण एफएम र फेवा टेलिभिजनकर्मी थापाले बताउनुभयो ।

थापाका श्रीमान् नरेन्द्र कोइरालाले घरभाडामा तीन महिनाको कुल रु एक लाख ३५ हजार छुट दिइएको र सम्झौतानुसार प्रत्येक वर्ष बढाइएको १० प्रतिशत भाडा पनि एक वर्ष नबढाइने निर्णय गरिएको जानकारी दिनुभयो ।

यो पनि कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया

काठमाडौं । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ ।

जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रोस्तरको कोरोना अस्पताल तोकेर जिम्मेवारी दिएपछि शिक्षण अस्पताल कोहलपुरले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेर कोरोना अस्पतालको काम शुरु गरेको थियो । अस्पतालमा कोरोना सङ्क्रमित तीन जनाको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताउनुभयो ।

Related Articles

Back to top button
Close