समाचार

ईश्वर पोखरेलले लुकाए स्वास्थ्य सामाग्री खरिदमा सेनाले गरेको भ्रष्टाचार, यसरी गरे बचाउ

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता नभएको स्पष्ट पारेका छन् ।मन्त्री पोखरेलले वर्तमान अवस्था र गाम्भिर्यतालाई मनन गरी संसारका अन्य राष्ट्रले पनि कोभिडविरुद्धको प्रतिकार्यमा खरिद गर्न चाहेको

परिमाणमा सामग्री आपूर्ति नभइरहेका अवस्थामा सेनासँग भएको जनशक्ति र औपचारिक जनसम्पर्क तथा कूटनीतिक माध्यमलाई प्रयोग गर्दै पारदर्शीता, प्रभावकारिता र छरितो ढङ्गबाट आपूर्ति गरी आम जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर सरकारसरकारबीच सेनामार्फत सामग्री खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको स्पष्ट गरेका हुन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्ट पारेका हुन् । पोखरेलले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको सङ्गठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको पनि बताए । उनले नियमावलीले विभिन्न जाति समुदायको आरक्षणसम्बन्धी कोटा निर्धारण गरेको स्पष्ट गरे ।

Related Articles

Back to top button
Close