समाचार

लकडाउनले ह्वात्तै बढ्यो गर्भवतीको संख्या

एजेन्सी : कोरोना भाइरसको त्रा’सका कारण विश्वभर गरिएको लकडाउनले गर्ववतीहरुको संख्या निकै बढेको एक अध्ययनले देखाएको छ । यूएनएफपीएको एक तथ्यांकले कोरोना भाइरसका कारण विश्वभर गरिएको लकडाउनले गर्ववतीहरुको संख्या बढेको हो ।

यूनाइटेड नेशन पपुलेशन फण्ड (यूएनएफपीए) र सहयोगीद्वारा जारी तथ्यांक अनुसार, कोभिड–१९ म’हामारीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण आगामी दिनहरुमा ७० लाख अप्रत्याशित गर्भाधारण देख्न सकिनेछ। अध्ययनका अनुसार, विश्वभरमा निम्न र मध्यम आय भएका ११४ देशहरुमा करिब ४५ करोड महिलाहरु गर्भनि’रोधक उपाय प्रयोग गर्दछन्।

महामा’रीका क्रममा लागू गरिएको लकडाउन र स्वास्थ्य सेवाहरुमा रुकावटका कारण निम्न र मध्यम–आय भएका देशहरुमा ४ करोड ७० लाख महिलाहरु आधुनिक गर्भ–निरो’धक उपायहरुको प्रयोग गर्नमा सक्षम नभए कारण यस्तो नतिजा आउने बताइएको छ ।विश्वभर फैलिएको कोरोना भाइरसको यो महामारीको बेला आइपरेको संक’टका क्रममा महिलाहरुको पहुँच परिवार नियोजन वा अप्रत्या’शित गर्भाधारण, लैंगिक हिं’सा र अन्य हा’निका’रक तथा कु’प्रथामा अधिक वृद्धि हुन सक्ने एजेन्सीहरुको ठहर छ ।

यूएनएफपीएकी कार्यकारी निर्देशक नतालिया कानेमका अनुसार, यो नयाँ आँकडाले कोभिड–१९को भयावह प्रभाव विश्वभरका महिलार केटीहरुमा देख्न सकिनेछ। ‘कोरोनाको महामा’रीले असमानता बढाइरहेको छ र लाखौँ अन्य महिला एवम् केटीहरुलाई आफ्नो परिवार नियोजनको क्ष’मता र आफ्नो शरीर एवम् स्वास्थ्यको सुरक्षा गर्ने क्षमताका लागि जोखिम सिर्जना गरिरहेको छ।’ एजेन्सीहरुलाई उनले भनेकी छिन्।

Related Articles

Back to top button
Close