रोचक

असार ७ गतेकाे सूर्यग्रहण पछि कोरोना समाप्त हुने वैज्ञानिकले गरे प्रमाणसहित यस्ताे दाबी

काठमाडाैं । जुन २१ अर्थात असार ७ गते देखि कोरोना समाप्त हुने भारतीय वैज्ञानिकले दाबी गरेका छन । असार ७ गते लाग्ने सूर्यग्रहण लाग्ने दिन हाे । सूर्यग्रहण लाग्ने दिन अर्थात जुन २१ मा कोरोना समाप्त हुने भारतीय वैज्ञानिकले दाबी गरेका हुन । कोरोनाको उत्पतीलाई सुर्य ग्रहण सँग जोड्दै वैज्ञानिकले यस्तो दाबी गरेका हुन ।

जुन २१ अर्थात असार ७ गते लाग्ने सुर्य ग्रहणले कोरोनाको प्रभावलाई पूर्ण रुपमा नस्ट गर्ने उनको दाबी रहेको छ । कोरोनाको उत्पत्ती समेत सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको उनको दाबी छ । उनले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९को सुर्य ग्रहण सँग जोडेर हेरेका छन ।

चेन्नेइका परमाणु बैज्ञानीक डा.केएल सुंदर कृष्णले यस्तो दाबी गरेका हुन । आफ्नो दाबिलाई पुस्टि गर्न उनले अगाडी सारेका तर्कहरु निक्कै चाख लाग्दा छन । सुर्य ग्रहण पछी ग्रहहरुको अवस्थिती गडबड भएको र सुर्यको उर्जा बिखण्डण र अन्तर ग्रह बलको प्रभाब स्वरुप बायु मण्डलको उपरी तहबाट कोरोना भाईरस उत्पन्न भएको उनको भनाइ छ ।सुर्य ग्रहणनै यसको प्राकृतिक उपचार हुन सक्ने उनको विश्वाश रहेको छ । त्यसैले उनले २१ जुनको सुर्य ग्रहणले कोरोना भाईरसलाई निस्कृय पारीदिने दाबी गर्दै आएका छन ।

असार ७ गतेकाे सूर्यग्रहणः कुन राशिलाई कस्तो ?
काठमाडौं । नेपालबाट असारको ७ गते सूर्यग्रहण देखिदै छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेपालकै भू–भाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिने छ ।

असार ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरm भई अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुँदैछ । विहानको १२ वजेर ४१ मिनेट जादा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्नेछौँ भने उक्त समयमा वातावरणीय तापकm्रम घटेर चिसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुई पटक विहान भएको पो हि कि भन्ने अनुभव सवैले गर्ने छन् ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशी, सिंह राशी, कन्या राशी तथा मकर राशी भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

सहप्राध्यापक तथा वरिष्ट खगोलविद जयन्त आचार्य भन्छन्, ‘चन्द्रग्रहणहेर्दा हाम्रो आखामा कुनै असर गर्दैन भने सूर्यग्रहणहेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आँखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्दछ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्मा को प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।’

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फल मिल्ने विश्वास गरी दान दिने नदी तटमा गइ ग्रहणको स्नान गरी शुद्घहुने गर्दछन् भने तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घगराउनका निमित्त ग्रहणलागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसँगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् । प्राचिन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । सूर्यग्रहण हेर्न चाहने सर्वसाधारण तथा विद्यार्थी जो कोहिलाई तक्ष्ँशिला एष्ट्रोनोमिकल क्लवले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिकदूरी कायम गरी ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।
-दैनिक अनलाइन्

Related Articles

Back to top button
Close