समाचार

हरेक दिन अशुभ हुने यी समयमा भुलेर पनि नगर्नुहोस् शुभ कामको सुरुवात !

हिन्दु शास्त्र अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ ।शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ ।अशुभ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ ।

जुन बेला राहुको समय चलेको हुन्छ त्यो समयमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । शनिग्रहपछि अशुभ मानिएको राहुको छायाँले गर्दा अशुभ फल प्राप्त हुने गर्दछ ।हरेक दिन राहुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई राहु मानिन्छ । त्यसकारण हरेक दिन राहुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । जान्नुहोस् कुन समय हो त राहुको ।

१.आइतबार राहुकालको समय बेलुका ०४:४५ देखी ६:१५ बजेसम्म रहनेछ २.सोमबार राहुकालको समय बिहान ०७ :४५ देखी ९:१५ बजेसम्म रहनेछ। ३. मंगलबार राहुकालको समय दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म रहनेछ। ४. बुधवार राहुकालको समय दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म रहनेछ।

५.बिहिबार राहुकालको समय दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म रहनेछ। ६.शुक्रवार राहुकालको समय बिहान १०:४५ देखी १२:१५ बजेसम्म रहनेछ। ७.शनिवार राहुकालको समय बिहान ९:१५ देखी १०:४५ बजेसम्म रहनेछ।

Related Articles

Back to top button
Close