समाचार

कक्षा ११ को परीक्षाबारे भर्खरै सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइ पद्धतिका कारण शिक्षा ज्ञान हस्तान्तरण मात्र नभर्ई अब ज्ञान निर्माणको थलोमा समेत रुपान्तरण हुने बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले विद्यार्थी स्वाध्यानमा केन्द्रित हुँदै र घरपरिवारलाई नै लघु विद्यालयमा रुपान्तरण गरिँदा ज्ञान हस्तान्तरणसँगै ज्ञान निर्माणमा रुपान्तरण हुने भएको बताएका हुन् ।

उनले कोरोना महामारी र बन्दाबन्दीका कारण खुला तथा दूर र वैकल्पिक शिक्षा बाध्यतात्मक अवस्था भएकाले गत जेठ १८ गते जारी भएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका क्रममा यही असार १ देखि खुला तथा दूर शिक्षा प्रारम्भ भएकाले कार्यान्वयनका लागि सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

हाल करिब तीन हजार सामुदायिक विद्यालयमा क्वारेन्टाइन कायम रहेकाले पनि तत्काल पढाइ सञ्चालन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री पोखरेलले विद्यार्थीलाई सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो तथा टेलिभिजन र सूचना सञ्चारमा पहुँच भएका जस्ता गरी छ प्रकारमा वर्गीकरण गरी ती सबैको सिकाइमा निरन्तरता हुने गरी निर्देशिका ल्याइएको बताए ।

‘परिवेश अनुकूल कुनै पनि माध्यमबाट सिक्नसक्ने गरी सिकाइ निरन्तरताका लागि गरिएको आह्वानअनुसार अधिकांश स्थानीय तहमा कार्यक्रम अघि बढेको छ । यस कार्यक्रममलाई १५ दिनको समीक्षा गरी थप ढाँचाबारे निर्णयमा पुगिनेछ’, उनले भने, ‘हालको विशिष्ट स्थितिलाई ध्यानमा राखी कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको तयारी भइरहेको छ र स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षाबारे उपयुक्त समयमा सञ्चालन गर्न विश्वविद्यालयहरुले गृहकार्य गरिरहेका छन् ।’

मन्त्री पोखरेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिन मन्त्रालय लागिरहेको र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयनका लागि नियमावली ल्याउन लागिएको जानकारी दिँदै शिक्षामा बजेट पर्याप्त नभए पनि विषम स्थितिमा केही बजेट वृद्धि भएकामा सन्तोष व्यक्त गरे । उनले शिक्षक अभावको समस्या समाधान गर्न दीर्घकालीन उपाय सोचिएको र तत्कालका लागि निर्वाह भत्ता दिएर शिक्षण स्वयंसेवक परिचालन गरिने बताउँदै द्वन्द्वपीडित शिक्षकका विषयमा सरकारले चाँडै निर्णय गर्ने जानकारी दिए ।

Related Articles

Back to top button
Close