समाचार

भारतसँग सम्बन्ध बिग्रीए नेपालमाथि के कस्तो खतरा ‘मडराउन’ सक्छ, नेकपाकै पूर्वअर्थमन्त्रीको यस्तो सनसनीपूर्ण टिप्पणी

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रीए नेपालमाथि खतरा ‘मडराउन’ सक्ने बताएका छन् ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पाण्डेले मंगलबार प्रतिनिधिसभा, अर्थसमितिको बैठकमा भारतसँग सम्बन्ध बिग्रीए नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नसक्ने बताएका हुन् ।

सांसद पाण्डेले भारतमा भारु र नेपाली रुपैयाँको स्थिर विनिमय दरमा परिवर्तन गर्ने विषय उठिरहेको बताएका छन् । यसो भएमा देशकोको अर्थतन्त्रमा गम्भीर असर पर्ने उनले दाव िगरेका छन् । उनले भने ‘सन् १९९३ मा नेपाली एक रुपैयाँको कन्भर्सन रेट एक रुपैयाँ साठी पैसा तय गरिएको थियो । झण्डै ३० वर्ष बढी भयो यो परिवर्तन भएको छैन ।’

उनले भारतले कुनै पनि विनिमय दरमा परिवर्तन गर्ने कदम चाले नेपाललाई अप्ठ्यारो पर्न सक्ने बताए । विश्व संकटका कारण धेरै देशले अमेरिकाको डलर बन्ड किनिरहेको भन्दै उनले भने, ‘जापानले सबैभन्दा धेरै किनेको छ, दोस्रोमा चाइना छ । अरु धेरै देशहरु पनि छन् । त्यसैलेअब डलरको डिमान्ड बढेर जान्छ ।’

उनले अघि भने, ‘त्यो क्यास माग्नेवित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु तल जान्छन् ।’ यसले कमजोर मुद्रा भएका देशमा मूल्यवृद्धि बढ्ने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

Related Articles

Back to top button
Close