मनोरंजन

सुशान्तलाई फिल्ममा नखेलाउने निर्णय गरेका सलमान, करणसहित ८ जनाबिरुद्ध मु-द्दा

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना वि रूद्ध फौज दारी मु द्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु द्दा दा यर गरेको भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले बताएको छ ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि रूद्ध मु द्दा दा यर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ पिंकभिल्लाले उल्लेख गरेको छ ।ओझाले दायर गरेको मु द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु द्दामा उल्लेख छ।

यसअघि पनि अभिनव कश्यपले सलमानखान माथी आरोप लगाइरहेका छन् । त्यस्तै जिया खानकी आमा जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस” भनेर मिडियामा भनिसकेको छिन् ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु द्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्।कंगनाले बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो भनेर भिडियो नै पोष्ट गरेको थिइन् । अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आ त्मह त्या गरेका थिए। उनी लामो समयदेखि डि प्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Related Articles

Back to top button
Close