रोचकसमाचार

जसले आफ्नो गर्भवती श्रीमती उनका पूर्व श्रीमानलाई फिर्ता दिए

काठमाडाैं । पाकिस्तानको लाहोरस्थित रायविन्द इलाकाका एकजना श्रीमानले आफ्नो श्रीमती उनको पूर्व श्रीमानलाई फिर्ता दिएका छन् । हालका श्रीमानले अदालतमा एक लिखितम् जाहेर गरे जसमा लेखिएको थियो, ‘मेरी श्रीमतीको पूर्व श्रीमान्बाट चारवटा बच्चा छन् र राम्रोसँग स्याहारसुसार नपाएको कारणले मेरी श्रीमती चिन्तत् छिन् । यसैकारण म उनकै सहमतिमा उनको पूर्व श्रीमान् र बच्चाहरूस“ग बस्न अनुमति दिन्छु ।’

हालको श्रीमान्बाट पनि ती महिला गर्भवती छिन् । त्यसकारण यो सम्झौता पनि भएको छ कि हालका श्रीमान् आफ्नी श्रीमतीलाई जुनसुकै समय भेट्न जान पाउनेछन् र एक वर्षपछि आफने बच्चा फिर्ता ल्याउन सक्नेछन् । तबसम्म ती महिला आफ्नो पूर्व श्रीमान्सँग बस्ने पाउनेछिन् ।

रुबीना बीबी नाम गरेकी महिलाको पूर्व श्रीमानले पनि आफ्नी श्रीमती र बच्चाको पूरा ध्यान राख्ने, सकेसम्म खुसी प्रदान गर्ने कोसिस गर्ने सम्झौता गरेका छन् । पूर्व श्रीमान र हालको श्रीमानको बीच आपसी समझदारी भई दुवैले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि हालका श्रीमान्ले आफ्नी श्रीमती पूर्वश्रीमानलाई सुम्पिदिएका छन् ।

Related Articles

Back to top button
Close