समाचार

सुखद समाचारः कोरोनाबाट बचाउने औषधी बेलायतमा पत्ता लाग्यो

कोभिड– १९ बाट संक्रमित बिरामीलाई बचाउन सक्ने औषधी बेलायतमा पत्ता लागेको छ । खासगरी ग’म्भीर बिरामीलाई औषधीले बचाउनसक्ने बीबीसीले जनाएको छ ।डेसामेथासोन नामक सो औषधी बेलायत स्वास्थ्यविद्हरुले विभिन्न चरणमा सफल परीक्षण गरेका हुन् । बीबीसीका अनुसार सो औषधीले भेन्जिलेटरमा पुगेका बिरामीको मृत्युको जोखिम ३३ प्रतिशत तथा अक्सिजन लिने बिरामीको २० प्रतिशत कम गर्छ ।

‘बेलायतमा महामारी सुरु हुनुअघि नै यो औषधी पत्ता लागेको भए पाँच जनाको ज्यान जोगाउन सकिनथ्यो,’ बीबीसीले लेखेको छ ।औषधी सस्तो भएकाले अन्य देशमा सजिलै पुग्ने विश्वास लिइएको छ । यो औषधीले कोभिडविरुद्ध लड्ने व्यक्तिको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।मृत्युको जोखिम कम गर्ने औषधी पत्ता लागेपनि यसको भ्याकसिन भने पत्ता लागेको छैन । छिटोमा आगामी डिसेम्बरमा मात्र भ्याक्सिन पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ-काठमाडौ । पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् ।

उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताउनुभयो । कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण नदेखिएको सुवेदीले बताउनुभयो ।

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो । पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस सङ्क्रमित भेटिएको हो ।

Related Articles

Back to top button
Close