समाचार

पथरी -उर्लावारी सडक खण्डमा भयानक दुर्घटना,

पथरी -उर्लावारी सडक खण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको भने एक जना गम्भिर घाइते भएका छन् । शनिवार विहान भएको दुर्घटनामा चितवनको भरतपुर ११ का २८ वर्षिय अजय अधिकारीको ज्यान गएको हो ।घटना विवरण अनुसार पश्चिम वाट पुर्व आउदै गरेको प्र.न. १–०२–००१–ख ८०९१ को ट्रकले र सोहि दिशा तर्फ आउदै गरेको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको हो । सो दुर्घटनामा ठक्कर दिने ट्रकका चालकको मृत्यु भएको हो भने सहचालक अंकित जिएन घाइते भएका छन्।

घाइतेको विर्तामोड स्थीत बि एण्ड सि अस्पतालमा उपचार भैइरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।मृतक चालकको शब पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा लगिएको छ ।त्यस्तै बिराटनगर महानगरपालिका १ बुद्दचोकको भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट शनिबार बिहान एकजनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाईकलले पैदलयात्री ४० बर्षिया रमा पौडेललाई ठक्कर दिएको थियो । घाईते भएकी उनलाई उपचारको लागी बिराटनर्सिङ लगिएकोमा डाक्टरले मृतक घोषणा गरेका थिए ।

उता मोरङको लेटाङ नगरपालिका ५ का ७४ को मनिप्रसाद राईको घाँस काट्न रुखमा चढने क्रममा लडेर मृत्यु भएको छ ।घर देखी नजिकै रहेको जङ्गलमा रुखमा चढी घाँस काट्ने क्रममा शुक्रबार दिउँसो सख्त घाईते भएकोमा स्थानियले फेला पारी घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबिच पानी तान्ने मोटरबाट करेन्ट लागेको शुक्रबार दिउँसो मोरङको सुनवर्सी ७ बरडंगाका ३५ बर्षिया सन्तोष मुखियाको मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा नुहाउने क्रममा अचानक करेन्ट लागी घाईते भएका उन

Related Articles

Back to top button
Close