समाचार

११ महिने दूधे बालकले जिते कोरोना

कञ्चनपुर, १ असार । कञ्चनपुरमा ११ को संंयोग परेका ११ महिने दूधे वालकले कोरोनालाई जितेका छन् ।सोमबार शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दूधे वालक शुसांख सुनारले कोरोनामाथि जित हात पारेका हुन् । दूधे बालक महाकाली अस्पतालबाट रिफर भएका छन् ।

कोडिभ १९ को केश आइसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २।३९क० अनुसार आइसोलेशन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र रामशाहपथको पत्राचार अनुसार १ साता होम क्वारेन्टाइनमा बस्ने गरी शिशुलाइ डिस्चार्ज गरिएको हो ।

हिजो आइतबार मात्रै महाकाली अस्पतालमा भर्ना भएका चार जना कोरोना जितेर घर फर्किएका हुन् ।महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर भाई)ले दूधेवालक निको भएर विदाई गरिएको बताउनु भयो ।११ महिने दूधे बालक जेठ दोस्रो साता ११ जना परिवार समूहमा भारतबाट फर्किएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वासिन्दा हुन् । उनको उमेर, समूह र वडा सबै ११–११–११ यो अचम्मको संयोग परेको थियो ।११ को संयोगले ११ महिने दूधे वालकले कोरोना जित्दा अहिले परिवारमा खुसी छाएको छ ।

Related Articles

Back to top button
Close