समाचार

पद जोगाउनकै लागि प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रसहितको नयाँ नक्सा ल्याएः हिन्दुस्तान टाइम्स

काठमाडौं । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनका लागि नयाँ नक्सा ल्याइएको जनाएको छ ।हिन्दुस्तान टाइम्सले शनिबार एक समाचार प्रकाशित गर्दै सबैतिरबाट प्रधानमन्त्री ओलीले पद छोड्नु पर्ने दबाब आइरहेका बेला उनले कालापानी क्षेत्र समेटेर तयार पारिएको नक्साको मुद्दा बाहिर ल्याएर पद जोगाएको जनाएको हो ।

शनिबार प्रकाशित समाचारमा भारतले परराष्ट्र सचिव स्तरीय वार्ताका लागि अनुरोध गरेको तर प्रधानमन्त्री ओली तयार नरहेका कारण तत्काल वार्ता हुन नसकेको बताइएको छ ।

‘नेपालले अद्यावधिक गरेको नक्सामा भारतको उत्तराखण्ड र विहार राज्यका केही भूभाग पनि परेको छ’ समाचारमा लेखेको छ ‘नेपाली जनताको विचारमा प्रधानमन्त्री केपि ओलीले नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो पद जोगाइराख्न संवैधानिक संशोधनलाई प्रयोग गरिरहेका छन् ।’

‘प्रधानमन्त्री ओलीलाई अहिले नै संविधान संशोधन गर्दा भारतसंगको कूटनीतिक मार्गहरु बन्द हुने, सीमा विवाद सुल्झाउन कूटनीतिक छलफल अघि बढाउनुपर्ने सुझाव दिएको तर उनले पद बचाउनका लागि नक्सा विवाद अघि सारेको’ अखबारको दाबी छ ।

एकातिर खुल्ला वार्ताको आह्वान गरेको देखाउने र अर्कातिर वार्ता बिगार्न निजी प्रयास सक्रिय बनाउने काम प्रधानमन्त्री ओलीबाट भएको आरोप लगाएको छ । भारतले स्पष्ट रुपमा विदेश सचिव स्तरीय टेलिफोन वार्तापछि दुवै सचिवबीच भिडियो कन्फरेन्स हुने तथा नेपालका विदेश सचिवले त्यसपछि सिमा विषयमा छलफल गर्न भारत भ्रमण गर्ने प्रस्ताव राखेको पनि हिन्दुस्तान टाइम्सको दावी छ ।

Related Articles

Back to top button
Close