समाचार

यूएईबाट आएकी महिलामा कोरोना संक्रमण पुष्टि

३० जेठ, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको अधिकारीले बताए ।उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनसँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको कन्ट्याक्ट टेसिङ गर्ने बताएको छ ।

प्रधानमन्त्रीलाई नेपालमा कोरोना फैलिन्न भन्ने लाग्यो, गल्ती यहीँ भयो कोभिड-१९ नयाँ भाइरस भएकाले प्रधानमन्त्रीलाई थाहा नहुनु एकदम स्वाभाविक हो । तर, थाहा छैन भन्ने कुरा नै पटक्कै थाहा नहुनु र उहाँलाई थाहा छैन भन्ने कुरा छेउछाउकाले नबताइदिनु गलत हो । अझ थाहा नभएको विषयमा अज्ञानतासँगै उब्जिएको अहंकारलाई उक्साइदिने वातावरण संसदमै देखियो, यो झन् अत्यासलाग्दो छ ।

हुन त कोभिड-१९ को संकट आउनुभन्दा पहिले पनि नेपालको आर्थिक सामाजिक विषयमा प्रधानमन्त्रीको दुई वर्षको कार्य सम्पादन हेरिसकेपछि उहाँलाई धेरै कुरा थाहा छैन भन्ने निष्कर्षमा मोटामोटी पुगिसकेको थिएँ । यद्यपि उहाँमा प्रधानमन्त्रीका रुपमा काम गरौं भन्ने हुटहुटी छ । तर, प्रायः सबै कुरा मलाई थाहा छ भन्ने अंहकारले सही कुरा ठम्याउन भने गाह्रो भइरहेको छ भन्ने महसुस थियो ।

तर कोरोना-१९ आएपछि त संसारका धेरै नेताहरूले आफूलाई राजनेताका रुपमा स्थापित गर्ने अवसर पाए । पहिले नराम्रो काम गरेर आलोचित भएकाहरूले समेत राम्रो काम गरे । उदाहरणका रुपमा अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशलाई हेर्न सक्छौं ।प्रधानमन्त्रीको बुझाइ गलत रहृयो । तर त्यो गलत बुझाइलाई कुनै पनि निकायले च्यालेञ्ज गरेन । अनि प्रधानमन्त्रीलाई जे लाग्यो, त्यही नेपाल सरकारको मार्गदर्शन बन्यो

यो भन्दैगर्दा म माघतिरको सन्दर्भमा जान्छु । जतिबेला हामीले कोभिड-१९बारे छलफल गर्न थाल्यौं, चीनको वुहानबाट विद्यार्थीहरू ल्याल्यौं । त्यो बेला प्रधानमन्त्रीलाई कोभिड-१९ बारे धेरै जानकारी हुनुपथ्र्यो भन्ने हुँदैनथ्यो । किनकि योखालको संक्रमण वा रोग न कहिल्यै देखिएको थियो न हामीले भोगेका थियौं । उहाँले सोध्ने स्वास्थ्य मन्त्रालयलाई हो । स्वास्थ्य मन्त्रालयको लिडरसिप हेर्दा मन्त्री भर्खरै जानुभएको थियो ।

हाम्रो दुर्भाग्य ! मन्त्रालयका सचिव स्वास्थ्य क्षेत्रका थिएनन् । म योबेलामा म मेरो कार्यकालका स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीलाई सम्झन्छु । त्यतिको सचिव भइदिएको भए र मन्त्रीले सुनिदिएको भए त्यताबाट सही जानकारी आउँथ्यो होला, त्यो पनि भएन । जबकि कोभिड-१९ को प्रत्येक कुरा नयाँ थियो र छ पनि । हामीलाई पनि निकै कम थाहा छ । कतिसम्म भने डब्ल्यूएचओका अधिकारीले समेत आफूले दिएको वक्तव्य केही घण्टामा परिवर्तन गर्नुपरेको छ । यस्तो बेला बाहिरबाट नयाँ ज्ञान आउँछ, त्यसलाई सन्दर्भ सामग्रीका रुपमा लिने हो । तर, योबेलामा विज्ञान र प्रमाणमा विश्वास गर्नुपर्छ । यो विषयमा पढेका, जानेका मान्छे छन्, उनीहरूको कुरा सुन्नुपर्ने हो ।

म सम्झन्छु, फागुनमा मैले संसदमा दर्ता गरेको सार्वजानिक महत्वको प्रस्ताव, छलफल गर्ने बेलासम्म धेरै बुँदाहरू परिवर्तन गरेको थिएँ । किनकि संसदमा प्रस्ताव दर्ता गराउँदा कोभिड-१९ को बारेमा नोटिस होस् भन्ने चाहेको थिएँ । छलफल हुने भएपछि धेरै मानिसहरू भेटेँ । स्वास्थ्यमा बस्दा मन्त्रालयभित्र र बाहिर काबिल मानिसहरू छन्, उनीहरूको फरक फरक धारणा हुन्छ भन्ने थाहा पाएको थिएँ । त्यसैले भित्र र बाहिर गरी दर्जनभन्दा बढी विज्ञहरू भेटेँ । त्यही कारण आज जति पनि प्रश्न उठेका छन्, त्यही बेला मैले एक-दुई-तीन गरेर भन्ने अवस्था बन्यो

Related Articles

Back to top button
Close