समाचार

सरिता गिरीको घरमा ढुं’गामुढा गर्ने हेमराज थापा पक्राउ

काठमाडौं, सांसद सरिता गिरीको घरको मूलढोकामा ढुं’गामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई न्युरोडबाट पक्राउ गरेको हो। ‘सासंद सरिता गिरीको घरमा ढुं’गामुढा गर्ने हेमराज थापा भन्नेलाई पक्राउ गरिएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने। मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले क्ष’ति पुर्‍याएका थिए ।

उनीहरूले ढोकामा का’लोझण्डा समेत राखेका थिए। उनीहरूले उक्त घ’टनाको भिडिओ समेत युट्युबमा हालेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। सासंद गिरीले लिम्पियाधुरा र कालापानी स’मेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको सं’शोधनमाथि सं’शोधन प्र’स्ताव द’र्ता गराएकी थिइन्। त्यसकै वि’रोधमा केही व्यक्तिले गिरीको निवासमा तो’डफोड गर्न पुगेका थिए।

कोरोनाबाट मृ’त्यु भए २० लाख दिने घो’षणा-बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घो’षणा गरेकाे छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा ख’टिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गए २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको हो। यसैगरि आफ्नो पालिकाका स्थानिय बासीन्दाको कोरोना भाइरसको कारण ज्यान गएमा निजको परिवारलाई राहतस्वरुप ५ लाख रुपैँया उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

बढैयाताल गाउँपालिकाले आफनो पालिकामा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रो’कथामका लागि निरन्तर अ’ग्रपंक्तिमा रहि ख’टिएका पालिकाका ज’नप्रतिनिधी, पालिकाले ख’टाएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा पालिकाबाट ख’टाइएका अन्य व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण नि’धन भएमा राहत स्वरुप २० लाख रुपैँया प्रदान गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। यसका साथै कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च पनि पालिकाले ब्य’र्होने बताइएको छ।

वि’पद्को समयमा अ’ग्रपक्तिमा रातदिन खटिने व्यक्तिहरुको म’नोवल उच्च बनाउन राहतको घो’षण गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । बर्दियाको बढैयातालमा सङ्क्रमण फै’लियको समयदेखि नै कर्मचारी, ज’नप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, स्थानिय युवालगायतले अ’ग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्।

Related Articles

Back to top button
Close