समाचार

असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने

काठमाडौं । सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्‍चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।

सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

त्यस्तै सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ। निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

Related Articles

Back to top button
Close