समाचार

केपी ओलीविरुद्ध युवाको नारा : ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा असफल भइसकेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काठमाडौं लगायत देशभर प्रदर्शन चर्किएका छन् ।बिहीबार वीरगञ्जमा संघीय सरकारको विरोधमा आयोजना गरिएको प्रदर्शनमा सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा फेल भएको गम्भीर आरोप लगाइएको छ ।

ओली सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दबाब दिन वीरगञ्जका युवाहरू सडकमा उत्रिएका छन् ।वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरेको थियो । युवाहरूलाई घण्टाघरमा जम्मा हुन नदिएपछि आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरू सडकमै बसेर केहीबेर विरोधमा नारा लगाएका थिए ।

‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पीसीआर, करेक्ट द क्वारेन्टाइन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?’ ‘कर केका लागि ?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए ।सरकारले ८० दिनसम्म लकडाउन गर्दा पनि तीब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि चौतर्फी विरोध भइरहेको छ ।वीरगञ्जका स्वतन्त्र युवाको अगुवाइमा भएको प्रदर्शनमा १ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button
Close