बिज्ञान प्रबिधि

ओलीलाई ईश्वरको मात्रै साथ, पौडेलले प्रचण्डलाई साथ दिएपछि अल्पमतमा परे ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब ईश्वर पोखरेलको मात्रै साथ रहने भएको छ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट उच्च स्रोतले दिएको जानकारीअनुसार सचिवालयमा ओलीलाई यसअघि ईश्वर पोखरेल र विष्णु पौडेलको साथ थियो । तर, पछिल्लो समय विष्णु पौडेलले समेत ओलीको साथ छोडेको कुरा आएको छ ।

पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को गठबन्धन हाबी भएपछि अध्यक्ष ओली स्पष्ट अल्पमतमा परेका छन् ।

बहुमतले निर्णय गर्न थालेपछि विष्णु पौडेलले समेत दाहाल-नेपाल गठबन्धनलाई साथ दिएको खुलासा भएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गर्दापनि विष्णु पौडेलको समर्थन थियो । जबकी अध्यक्ष ओलीको पक्षमा देखिएका पोखरेल भने मौन थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबार बोलाएको सचिवालय बैठकमाको अन्त्यमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बोल्दै पार्टीभित्रबाटै आफूविरुद्ध खेल भएको बताएका छन् । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै आफूविरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने बताएका छन् । उपाध्यक्ष गौतमलाई पहिले राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधनलाई शर्त बनाएको तर अहिले शर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले यत्ति भन्नै पर्ने भयो, यो सब मेराविरुद्ध खेल हो, यसको सामना गर्न तयार छु ।’

स्रोतका अनुसार, प्रधानमन्त्री ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाउन चाहन्छन् । त्यो स्थानमा गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि ओलीले राष्ट्रिपतिबाट मनोनित हुने सदस्य संख्या ९ पुर्‍याउन चाहेका थिए । त्यो पनि नभएपछि प्रधानमन्त्री ओली रुष्ट बनेको र बुधबारको सचिवालय बैठकले पार्टीभित्रको विवादलाई गम्भीर मोडमा पुर्‍याएको संकेत गरेको एक नेताले बताए ।

Related Articles

Back to top button
Close