समाचार

रौतहटका ८१ जना कोरोना संक्रमित डिस्चार्ज

बुधबार साँझ गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ६५ तथा गौर नर्सिङ्ग इन्स्टिच्युटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डा. कृष्ण साहले बुधबार ८१ जना संक्रमित निको भएर घर फर्किएको बताए । संक्रमण निको भएर घर फर्किनेहरु इशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका रहेको उनले बताए । यसअघि पनि रौतहटबाट २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

हाल रौतहटको राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसान उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुष, चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बुधबार रौतहटमा कोरानाका ५३ नयाँ संक्रमित भेटिएका थिए । यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४७४ पुगेको छ । बुधबार गौर नगरपालिकामा २३, इशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

Related Articles

Back to top button
Close