समाचार

कुवेतबाट भर्खरै मातृभुमि आइपुगे नेपालीहरु

काठमाडौं, कुवेतमा आ’ममाफी पाएर आ’श्रय क्या’म्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओ’र्लिएका छन् ।‘विमानमा रहेका भनेर १५० जनाको विवरण टि’पाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।

’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।कुवेतबाट नै अर्को एउटा फ्ला’इटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि र’द्द भएको थियो ।

कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न क’ठिनाइ हुने भएकाले समय मिलाउन क’ठिन भएको थियो । काठमाडौं आएका उनीहरुको सामान्य स्वाथ्य जाँच गरी सम्वन्धित प्रदेशमा पठाइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरी उनीहरुलाई नेपाल पठाएको हो।

Related Articles

Back to top button
Close