समाचार

कोरोना जितेकाहरु भन्छन् : कोरोना लागेको कुनै महशुस नै भएन्

तुलसीपुर । कोरोना जितेर फर्किएका ४ जनाले आफुहरुलाई कोरोना लागेको महशुस नै नभएको बताए । लमही नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनिहरुले आफुहरु सामान्य सरह महशुस गरेको भन्दै कोरोनाको भ’यबाट मु’क्त हुन आवश्यक रहेको बताए । लमही नगरपालिका वडा नम्बर १ का २६ बर्षिय पुरुषले आफुलाई क्वारेनटाइनमा रहीरहेको समयमा स्वास्थ्यकर्मीले फोन गरेर पोजेटिभ देखिएको भनपनि कत्तिपनि ड’र नलागेको बताए ।

म भारतको है’दरबाद बाट आएको हुँ, उतै भिडभाडमा कतै सङ्क्रमित भएको हुन सक्छ,तर कत्तिपनि मलाई कोरोना छ भन्ने लाग्दै लागेन, उनले भने ।कोरोना जि’तेर फर्किएका चारजनालाई लमही नगरपालिकाले स्वागत गरेको छ । स्वागत गर्दै लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले लमही नगरपालिकाबाट पहिलोपटक सङक्रमित भएका पहिलोपटक डि’स्चार्ज हुँदा खु’सी लागेको बताए ।

उनले भने, यहाँहरुले कोरोना जि’तेर आउनु भएको छ, स्वास्थ्यकर्मीले भनेजस्तै अ’नुशासित पुर्वक नि’र्धारित समय घरमै विताउनुहोला ।’यसैगरै लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकरज पौडेलले डि’स्चार्ज भएर घर फ’र्कीएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

Related Articles

Back to top button
Close