मनोरंजन

खेतीपातीमा मग्न गायक अमृत गुरुङ

मानो खाएर मुरी उब्जाउने बेला । मनसुन सुरु भएसँगै खेत जोत्ने, आली लगाउने, धान रोप्ने काम सुरु हुने नै छ । तर, लकडाउनले गर्दा खेतीकिसानी गर्नेहरु पनि अलमलमा छन् । एकातिर मल र बिउको अभाव, अर्कोतिर कोरोनाको भय ।यस्तै अन्यौल र अप्ठ्याराबीच गायक अमृत गुरुङ भने आफ्नो पूख्र्यौली खेतीपातीमा मग्न देखिन्छन् । लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’का यी सारथी हाप पाइन्छ, टिसर्ट र ह्याट पहिरिएर कहिले साना कान्लामा मकै गोडमेल गरिरहेका त, कहिले गाइबस्तुको गोठमा जंगली साग केलाइरहेका छन् । लकडाउन भएयता उनले खेतीकिसानीमा रमाइरहेका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

गायक गुरुङले भर्खरै मात्र खेतमा मनमग्न भएर धान रोपिरहेका तस्वीर सार्वजनिक गरेका छन् । उनी लेख्छन्, ‘आज दिनभर ‘परेली’सँगै लागेर खेतीमा खटियो । बेस्सरी रमाइलो भयो । अब बाँकी खेती असार १५ लाई । खुसीको कुरा, हाम्रोमा परेली लगाउने चलन अझै छ । गाउँमा सबैको खेतमा गाउँकै सामूहिक–सामुदायिक श्रम आदन–प्रदानबाट पहिलेदेखि गाउँको खेती थालिएको थियो । हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौं ।’

देश–विदेशका नेपालीमाझ उनको जुन प्रतिष्ठा छ, त्यो अग्लाई आफैमा ईष्र्यालाग्दो छ । साथसाथै हरेक गीतमा हृदयको कम्पन पैदा गर्ने सामथ्र्य उनीसँग छ । जबकी त्यो चर्चा, लोकप्रियता एवं ख्यातीबाट उनी कतिपनि मात्तिएका देखिदैनन् । त्यसो नहुँदो हो त यति सामान्य ग्रामिण जीवनमा उनले आफुलाई कसरी रुपान्तरण गर्न सक्थे ?

अति सामान्य ग्रामिण परिवेश आफुलाई समेटिरहेका गायक गुरुङमा पूख्र्याैली ज्ञान, सीप र दक्षता पनि उत्तिकै रहेछ । त्यसैले त उनी किराफट्यांग्राको गतिविधिबाट प्रकृतिमा हुने परिवर्तनको संकेतबारे भेउ पाउन सक्छन्, खेतीबाली र मौसमको तालमेलबारे अन्दाज लगाउन सक्छन् । एकातिर लोभलाग्दो ख्याती, अर्कोतिर ग्रामिण जीवन–यापन । यी दुईको सुमधुर सन्तुलन नै उनको जीवनको अनुकरणिय पक्ष हो ।

Related Articles

Back to top button
Close