समाचार

महामारीको बेला कर धेरै चाहिएकाले बढाइएको हो: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले बिजुली गाडीमा लगाइएको कर दीर्घकालिन नभएको बताएका छन्। आर्थिक विधेयकमाबाट कर बढाएपछि त्यसमाथि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिंदै खतिवडाले अहिले संकटको समयमा सरकारलाई केही राजश्व धेरै चाहिएकाले पनि कर बढाइएको जानकारी दिएका छन्।

बिजुली गाडीमा लगाइएको करका सम्बन्धमा लगाइएको थप करको प्रतिरक्षा गर्न आफू सक्षम भएपनि यो दीर्घकालिन नभएको र आवश्यकता पर्दा सरकारले हेरफेर गर्नसक्ने संकेत दिएका छन्।

‘हामीले २०७३ सालमा संकटको समय थियो। त्यतिबेला नविकरणीय उर्जा प्रयोग बढाउनका लागि निजी बिजुली साधनमा १० प्रतिशत भन्सार लगायौ। त्यस्तै अहिले कोभिड १९ को संकट छ। यतिबेला केही राजश्व पनि हामीलाई चाहिएको त्यसैले अहिले बढाएका छौ। यो दीर्घकालिन र ढुंगामा लेखिएको अक्षर होइन’ खतिवडाले संसदमा जवाफ दिंदै भने।

नेपाल हेपिन मान्दैन, भूमि फिर्ता मात्रै भारतसँग समस्याकाे समाधान: प्रधानमन्त्री ओली-प्रधानमन्त्री केपीशर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादमा सरकारले कुटनैतिक वार्ताबाटै समस्याको समाधान खोज्ने बताएका छन्।प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो समस्याको समाधान भूमि फिर्ताबाट मात्रै हुने बताए। ‘हामीले कुटनीतिक वार्ताबाट समस्याको समाधान खोज्छौँ। समाधान भनेको भूमि फिर्ता हुनुपर्‍यो’ ओलीले भने।

प्रधानमन्त्री ओलीले कालापानीमा भारतले सेना नराख्दासम्म कुनै समस्या नरहेको उल्लेख गर्दै त्यहाँ सेना राखेर कब्जा गरिएको बताए।‘सेना नराखेसम्म हाम्रो भोग चलनमा थियो। सेना राखेपछि यो कब्जा हो। यो उचित भएन भनेर हामीले हाम्रो मित्रराष्ट्र भारतलाई भनिराखेका छौँ। ऐतिहासिक तथ्य प्रमाणका आधारमा फिर्ता गर्नुपर्छ।’

उनले नेपाल र भारतबीच सुस्ता लगायतका क्षेत्रमा पनि विवाद भए पनि ती ठाउँमा सेना राखेर कब्जा नगरिएको अवस्था रहेको बताए।‘नकक्ली काली नदी खडा गरेर, मन्दिर बनाएर, खोल्सी देखाएर, सानो आहाल देखाएर कब्जा गरिएको त्यस्तो भूभाग अरु ठाउँमा छैन’ ओलीले भने, ‘नक्सा बाहिर परेको भूभाग छैन। सुस्ताबारे वार्ता भैराखेको छ।’

प्रधानमन्त्री ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई नेपालकाे अपहेलना नगर्न सुझाए।नेमकिपाका सांसद प्रेम सुवालले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालले ध्यान नदिए तिब्बतीकरण हुन सक्ने भनेर टिप्पणी गरेको विषयमा प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए।

Related Articles

Back to top button
Close