समाचार

नेपालमै बन्ने भयो कोरोनाको अर्को औषधी, जेठी मधुको परिक्षण गरिक्षण गरिदै

काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा जडिबुटीको परिक्षण गर्ने भएको छ। कोरोना संक्रमितको उपचारमा परिषद्ले औषधिको रुपमा जेठी मधुको परीक्षण गर्ने भएको हो। दम, खोकी, तथा पेटका रोग निको पार्न विभिन्न औषधिमा जेठी मधुको प्रयोग हुने गरेको छ।

‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदले जनाएको छ।यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ। अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिनेछ।

नेपालमै बन्ने भयो कोरोनाको अर्को औषधी, जेठी मधुको परिक्षण गरिक्षण गरिदै

यो अनुसन्धानलाई परिषदको एथिकल कमिटीले स्वीकृति दिने अन्तिम चरणमा छ। परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया कोरोना संक्रमितलाई खुवाउने तयारी भएको बताए।

Related Articles

Back to top button
Close