समाचार

भोकले ज्यान जाने अवस्थाको अन्त्य गरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । दोस्रो विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको दाबी गरेका छन् ।‘प्रधानमन्त्री ओलीद्धारा जारी सन्देशमा ‘हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ।

नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ। खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं,’ भनिएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाले सडकमा माग्दै हिंड्नुपर्ने अवस्थाको अन्त्य गरेको र कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्‍याइदिन आग्रह गरेका छन् । ‘यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्‍याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु’, जारी सन्देशमा भनिएको छ ।

एमसीसीबारे विवाद बढ्दै, निश्कर्षमा पुग्नेगरि नेकपा सचिवालय बैठक भोलि बस्दै-काठमाडौं । पछिल्लो समय एमसीसीबारे विवाद बढ्दै गएपछि एउटा निश्कर्षमा पुग्नेगरि नेपाल कम्युनिष्ट पार्टीले सचिवालय बैठक बोलाएको छ ।पछिल्लो समय एमसीसीबारे विवाद बढ्दै गएपछि एउटा निश्कर्षमा पुग्नेगरि सचिवालय बैठक बस्न लागेको नेकपाका एक नेताले जानकारी दिए ।

एमसीसीबारे पार्टीको निर्णयअनुसार नै आफू चल्ने बताउँदै आएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद भने एमसीसी पारित गराउने बताउँदै आएका छन् ।तर, बरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावल सम्मिलित कार्यदलले एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न सुझाव दिएको छ । बैठक भोलि अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

Related Articles

Back to top button
Close