समाचार

कोरोना संक्रमण भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष निको भए

२४ जेठ, गुल्मी । कोरोना संक्रमण भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएको छन् ।जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सम्पर्कमा रहेर घरमै सेल्फ आइसोलेसनमा बसेका अध्यक्ष पोखरेल १४ दिनपछि निको भएका हुन् ।

उनको स्वाबको दुईवटा रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक गत १८ गते उनको स्वाब संकलगन गरी पुनः पीसीआरका लागि पठाइएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जेठ ८ गते स्वाब संकलन गरी पठाएकोमा चार दिनपछि आएको रिपोर्टमा अध्यक्ष पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले विज्ञप्ति नै जारी गरी जानकारी गराएका थिए ।पछिल्लो रिपोर्ट पनि नेगेटिभ आएपछि अध्यक्ष पोखरेलले उच्च आत्मबल राखेमा कोरोनालाई सहजै जित्न सकिने बताए ।

Related Articles

Back to top button
Close