समाचार

तथाकथित ‘रअ’का एजेन्टहरुलाई खुल्ला चुनौती दिएर खैलाबैला मच्चाउने सांसद गंगा चौधरी आफै ‘भारतीय एसेट’ !

जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीलाई भारतीय चेली भन्दै भारतीय दुतावास र तथाकथित ‘रअ’ का एजेन्टहरुलाई चुनौती दिने नेकपाकी सांसद गंगा चौधरी ‘भारतीय एसेट’ रहेको खुलेको छ ।सांसद गंगा चौधरी नेपालस्थित भारतीय दुतावासको नजिक रहेको खुलेको छ । दुतावासको नजिक रहनुका साथै सांसद चौधरीले भारतीयहरुबाट निकै ठुलो लाभ लिने गरेकी उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार सांसद चौधरीले नेपालको गोप्य सुचना भारतीय राजदुतावासलाई दिने गरेकी र त्यस वापत मोटो रकम लिने गरेकी थिइन् ।

नेपालका लागि तत्कालीन भारतीय राजदुत मन्जिभ सिहं पुरीले सांसद चौधरीकै सिफरीस र जोडबलमा बाबा जयगुरुदेव मानव धर्म विकास संस्थाका अध्यक्ष रहेका उनका श्रीमान नन्दलाल चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।केहिदिन अघिमात्र सांसद चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी थिइन् । सांसद चौधरीले सरिता गिरीलाई संकेत गर्दै भारतले सीमा नमिचेको ठाउँ नरहेको अवस्थामा संसदमा नै भारतीय चेलिको दादागिरी चलेको आरोप लगाएकी थिइन् ।

सांसद चौधरीले राष्ट्रियताको सवालमा अब बोलाइ र गराईमा समानता कायम गर्न धेरै बोल्नेहरुलाई पनि हम्मेहम्मे पर्न थालेको बताएकी थिइन् । ‘मन अशुद्ध हुनेहरुको मन्तव्य, लेख र अन्र्तवार्ता पनि आम जनताले पनि स्पष्ट रुपमा पहिचान गर्न थालिसकेका छन् । विगतमा नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुको मुकुण्डो पनि तिनलाई उचाल्नेहरुबाट नै पर्दाफास हुनेछ’, उनले भनेकी थिइन् ।

No description available.

Related Articles

Back to top button
Close