समाचार

भोलिदेखि देशभरका कार्यालय खोल्न निर्देशन

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनसँगै देशभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएका थिए । तर सरकारले लकडाउन खुकुलो पार्ने रणनीति अन्तर्गत भोलि आईतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आईतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशन दिएको छ ।विभागको सूचनामा व्यक्तिगत स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न देशभरका कार्यालयलाई निर्देशन दिइएको छ ।

सरकारले भोलिदेखि लकडाउन खुकुलो पार्ने गरी तयारी गरिरहेका समाचार प्रकाशन भए पनि आधिकारिक घोषणा भने भइसकेको छैन । देशभरका व्यापारीले लकडाउन खुकुलो पार्न सरकारमाथि दबाब भने दिइरहेका छन् ।

malpot.jpg

Related Articles

Back to top button
Close