समाचार

महराले घर पुगेपछि निकाले जनताको नाममा लिखित सन्देश

महराले घर पुगेपछि निकाले जनताको नाममा लिखित सन्देश

जिल्ला अदालत काठमाडौंले यौन दुर्व्यवहार मुद्दामा निर्दाेष ठहर गरेपछि थुनामुक्त भएका पूर्व सभामुख कृष्णबहादुर महराले घर पुगेपछि जनताका नाममा लिखित सन्देश जारी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले महरालाई सोमबार निर्दाेष ठहर गरेको हो । संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि मुद्दा चलेको छ ।

महराले सोमबार साँझ लिखित सन्देश जारी गर्दै नेपाली जनताको स्वतन्त्रताका लागि आफू निरन्तर सक्रिय रहने जनाएका छन् ।

उनले ३० दिन प्रहरी हिरासत र १०३ दिन कारागारको थुनामा बसेको बताउँदै तथाकथित आरोप खेप्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Related Articles

Back to top button
Close