समाचार

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो।

डोल्पाका पुरूषको गत २१ गते राति २ बजे मृत्यु घरमै भएको थियो।उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए। उनी गत जेठ १६ गते सुर्खेतबाट डोल्पा गएर होम क्वारेन्टाइनमा बसेका थिए।

मृत्यु भइसकेपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो। उनको अन्त्येष्टि गरिसकिएको छ।यस्तै सेती प्रयोगशालामा गरेको परीक्षणमा ५५ महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनी मिर्गौलाको विरामी थिइन्।

शुक्रबार डायलासिसका लागि सेती प्रादेशिक अस्पताल गएकी उनको दिउँसो १२ बजेतिर मृत्यु भएको थियो। स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।यस्तै शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन्। उनीहरू दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।कोरोना निको भएर ३२ जना शनिबार घर फर्केका छन्।

Related Articles

Back to top button
Close