समाचार

सुत्केरीमा आरडीटी पोजेटिभ देखिएपछि डाक्टरसहित १९ जना क्वारेन्टाइनमा

२२ जेठ, कैलाली । जिल्ला अस्पताल बैतडीमा सुत्केरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।१९ गते अस्पताल भर्ना भएकी दोगडाकेदार गाउँपालिकाकी एक महिलाको महिला २० गते सुत्केरी भएकी थिइन् । २१ गते उनलाई एक्कासी ज्वरो आएपछि आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

‘सुत्केरी भएको अर्काे दिन महिलामा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि कोरोनाको आशंकाले आरडीटी परीक्षण ग¥यौं । पोजेटिभ देखियो’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त जोशीले बताए ।महिलामा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न प्रयोगशाला पठाइएपछि नतिजा आएको छैन । हाल बैतडी अस्पतालका ३ जना डाक्टर, १० नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी सेल्फ क्वारेन्टाइन छन् ।

‘पीसीआरको रिपोर्ट नआउँदासम्म हामी सेल्फ क्वारेन्टाइनमा बसेका छौँ ’जोशीले भने ‘रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किन्छौँ । पोजेटिभ आएपछि हामी पनि परीक्षण गर्छाै ।’
एकै साथ १९ जना सेल्फ क्वारेन्टाइनमा बस्दा अस्पतालको सेवा प्रबाहमा भने समस्या भएको छ ।

Related Articles

Back to top button
Close