अन्तर्राष्ट्रिय समाचार

प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा कोरोनाभाइरसको छुट्टै ‘प्रकार’ फेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता कोरोना भाइरसका बारेमा भनेका थिए– भारतबाट कडा खालको भाइरस आयो ।सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका थिए । अन्यत्र देखिएका भाइरसको तुलनामा भारतमा देखिएको भाइरस कडा खालको रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।त्यतिबेला भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन कुनै कसर बाँकी राखेनन् । भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए ।

उनीहरुले प्रधानमन्त्री ओलीको उक्त भनाइ भारतलाई अपमानित गर्न, आलोचना गर्नमात्र केन्द्रित रहेको निश्कर्ष निकालेका थिए ।तर अहिले भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ ।वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् ।

यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ ।भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन्

Related Articles

Back to top button
Close