समाचार

लकडाउन तो’ड्दै भोलिबाट उपत्यकाभित्रका सबैखाले पसल खोल्ने व्यवसायीहरुको घो’षणा

काठमाडौं । लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उ’लङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तो’ड्दै पसल खोल्ने निर्णय गरेका हुन् । बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नि’यमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् ।

यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । महासंघले बजार खुलाउनु पर्नाका तीनवटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ता’केता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए ।

Related Articles

Back to top button
Close