अन्तर्राष्ट्रिय समाचार

नेपालले नयाँ नक्सा जारी गर्नुका पछाडि अरू कसैको हात छ : भारतीय रक्षा मन्त्री राजनाथ सिंह

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालले नयाँ नक्सा जारी गर्नुका पछाडि अरू कसैको हात रहेको बताएका छन्।यसअघि गत जेठ २ गते भारतीय प्रधान सेनापति मनोज मुकुन्द नरवाणेले पनि चीनलाई संकेत गर्दै नेपालले अरूकै उक्साहटमा लिपुलेक सडकको विरोध गरेको बताएका थिए।

भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्तामा रक्षा मन्त्री सिंहले नेपालले नक्सा जारी गर्नुको कारणबारे आफूले कसैलाई आरोपित नगर्ने बताए। तर उनले त्यसमा अरू कसैको भूमिका रहेको उल्लेख गरे।

गत वैशाख २६ गते सिंहले नेपालको कालापानी र लिपुलेकको भूमि हुँदै भारतले बनाएको सडकको उद्घाटन गरेका थिए। लगत्तै वैशाख २७ गते नेपालले विरोध गरेको थियो।भारतीय कदमविरूद्ध नेपालका सडकमा प्रदर्शन भएका थिए। संसदीय समितिको निर्देशनपछि सरकारले जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

भारतले २०७६ कात्तिक १६ मा काश्मिरलाई मिलाउन जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेको थियो। नेपालले तत्कालै भारतीय कदमको विरोध गरेको थियो। भिडिओ –

Related Articles

Back to top button
Close