समाचार

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

२० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो ।यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता बैजनाथ चौधरीले बताए ।

दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए ।

Related Articles

Back to top button
Close