अन्तर्राष्ट्रिय समाचार

भारतले कसैको सीमा मिचेको छैन : भारतीय गृहमन्त्री

भारत : भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज एट्टिनसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् । नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले सीमा उल्लंघन नगरेको उल्लेख गरेका हुन् ।भारतीय गृहमन्त्री शाहले भारतीय सीमा र सेनाको सम्मान नगर्नेलाई भारत पाठ सिकाउन पछि नहटने समेत बताएका छन् ।

सीमा रक्षाका लागि भारतले सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइकको नीति विश्वमाझ स्थापित गरेको उनको भनाइ छ ।पाकिस्तानी प्रधानमन्त्रीले भारतले छिमेकीसँग छदम युद्ध गरिरहेको आरोप लगाएको समयमा भारतीय गृहमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका थिए ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको गत बैशाख २६ गते उदघाटन गरेपछि नेपालले आपत्ति जनाउदै आएको छ ।नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ ।

Related Articles

Back to top button
Close