समाचार

अ’न्धविश्वासकाे प’राकाष्ठा : कोरोना रोग होइन, ‘कोरोना माई’ देवी हाे भन्दै पूजापाठ सुरु

२० जेष्ठ २०७७, मंगलवार जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानमा यतिबेला कोरोना संक्रमण (कोभिड़-१९) लाई ‘कोरोना माई’ अर्थात् कोरोना देवीको संज्ञा दिएर पूजापाठ सुरु गरिएको छ ।जनकपुरधाम उप-महानगरपालिका वार्ड ७ को मुसहरी टोल र वार्ड २० देवपुरा रुपैठा भन्ने टोलमा धा’मी-झाँक्रीसहित पूजापाठ गर्न थालिएकाे हाे ।‘कोरोना रो’ग होइन, यो देउता रि’साएर म’हामारीको रूप लिएको’ भन्दै यतिबेला तराई-मधेशका थुप्रै स्थानहरूमा कोरोना माईको पूजापाठ सुरु गरिएको खबर प्राप्त भएको छ ।

धनुषाको जनकपुरधाम उप महानगरभित्रै यस्तो अ’न्धविश्वासमा लागेर मुसहर समुदायहरु आ-आफ्नो टोल र ठाउँमा पू’जापाठ गर्दै छन् । वार्ड ७ मा राति नै सयकडाैँ महिला र पुरुषहरू भेला भएर चौतारामा धामी-झाँक्रीसहित पूजा गरेको स्थानीय आशा देवीले न्यूज २४ लाई जानकारी दिइन् ।आशाका अनुसार मुसहर समुदायका एक परिवारलाई भगवानले सपनामा दर्शन दिएर ‘यो कुनै रोग नभएर कोरोना माई (कोरोना आमा/देवी) रि’साएकोले भगवानको पूजापाठ गर’ भनेकाे ह’वाला चलेपछि उनीहरुले पूजापाठ सुरु गरेका हुन् ।

यस विषयमा आफूलाई कुनै जानकारी नै नरहेको वड़ा नम्बर ७ का अध्यक्ष जामकिराम साहले न्यूज २४ लाई बताए । साहले भने, ‘केही महिलाहरु पूजा सा’मग्री लिएर हिँडेको मैले पनि देखेँ तर कोरोना पूजा गर्न हिँडेको हो भन्नेमा जानकारी नै छैन ।’वार्ड ७ कै नेकपाका एक प्रतिनिधि पूर्व वडाअध्यक्ष जि’बछ साहले आफूले पनि यो विषयमा सुनेको तर यो एकप्रकारको अ’न्धविस्वासकै रूम रहेको बताए ।केही व्यक्ति यस्तो बेलामा समाजमा न’कारात्मक रुपमा भ्र’म फैलाएर पूजापाठको नाममा चन्दा र भेटी संकलन गर्दै हिड्ने मनसायले पनि यो भ्रम फै’लाइएको हुन सक्ने साहको तर्क छ ।

उता वार्ड २० का भुवन झाले न्यूज २४ लाई आफ्नो गाउँ रुपैठामा पनि कोरोना प्र’कोपबाट बँच्न पूजापाठ नै सुरु भएको बताएका छन् । झाले भने, ‘रु’पैठाबाट ब’हुअरवा जाने बाटोमा सार्वजिक स्थलमा नै कोरोना पूजा सुरु गरिएको छ ।’पूजापठा गर्नेलाई उधृत गर्दै झाले भने, ‘भगवानले सपनामा आएर पूजा गर्न भनेपछि पूजापाठ सुरु गरेका हाैँ ।’उता बारा जिल्लाको कलैया उप महानगर पालिका वार्ड २५ शिसनिया टोलका बासिन्दाले पनि कोरोना पूजा गरेको खबर छ । सामाजिक सञ्जालमा समेत यस प्रकारका पोस्टहरु विभिन्न जिल्लाबाट देखिन थालिएको छ ।

समयमै यस विसयमा ध्यान नदिने हो भन्ने समाजमा अ’न्धविस्वास र अ’राजकता फैलने युवा अगुवा सरोज मिश्रको तर्क छ । राज्यले समयमा यस्ता अ’न्धविस्वाशलाई तो’ड्नु पर्ने मिश्रको भनाइ रहेको छ । यसरी पूजाकाे नाममा भी’ड बढ्दा संक्रमण झनै फैलिने ख’तरा रहन्छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले भने यस विसयमा आफूहरुलाई कुनै प्रकारको जानकारी नै नआएको जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता (डीएसपी) रामेस्वर कार्कीले न्यूज २४ संग कुरा गर्दै भने, ‘अ’न्धविस्वाशको कारण हुन सक्छ होला तर हामीलाई कुनै जानकारी छैन । यस विषयमा थप बुझ्ने छौ ।’न्युज २४

Related Articles

Back to top button
Close