खेलकुदसमाचार

साम्बा भन्छिन्– नेपाल साफको उत्कृष्ट टिम भएपछि मात्र मेरा रेकर्डको अर्थ हुन्छ

सावित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर हुन्। सावित्रा फुटलबमा ‘साम्बा’ नामले पनि चिनिन्छिन्।नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्ड बनाएकी उनले ३८ खेलमा ३४ गोल गरिसकेका छन्। उनी अहिले दक्षिण एसियाकी उत्कृष्ट महिला स्ट्राइकरको रुपमा चिनिन्छिन्।

अघिल्लो साता २३ वर्ष पूरा भएकी सावित्राको करिअरबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिचर तयार पारेको छ।‍उनले नेपालका लागि अनु लामा र जमुना गुरुङले गोल गरेको रिडियोमा सुन्ने गरेको र उनीहरू जस्तै बन्ने सपना बुनेको बताइन्।’राष्ट्रिय टिमका लागि अनु लामा र जमुना गुरुङले गोल गरेको रेडियोमा सुन्थे,’ उनले भनेकी छिन्,’त्यहिबेलादेखि मैले फुटबल खेल्ने सपना बुनेकी थिएँ। त्यो सकार भयो। मैले उच्च गोलकर्ताको रेकर्ड पनि बनाएँ।’

उनले आफूले देखेका सपना छिटै पूरा भएको पनि बताएकी छिन्।व्यक्तिगत रुपमा सफल भएकी सावित्राको देशका लागि ट्रफी जित्ने लक्ष्य पूरा भएको छैन।साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि नेपाल लगातार भारतसँग पराजित हुँदै आएको छ। गत वर्ष नेपालमै भएको साफ च्याम्पियनसिप र साग गेम्स दुवै प्रतियोगितामा फाइनल पुगेको नेपाली टिम भारतसँग हारेको थियो।

‘व्यक्तिगत रुपमा मैले निकै सुधारेको छु। मैले बनाएको रेकर्डको अर्थ तब हुन्छ जब नेपाल दक्षिण एसियाको उत्कृष्ट टिमको रुपमा प्रमाणित हुन्छ,’ उनको भनाइ छ।भण्डारीले दुई सिजन भारतीय महिला लिग खेलिसकेका छन्। २०१८ मा सेथु एफसीबाट खेलेर उनले टिमलाई च्याम्पियन बनान्। २०१९ मा उनी गोकुलम एफसीमा आबद्ध भइन्। उनले ३१ गोल गर्ने क्रममा पाँच ह्याट्रिक गरिन्। जसका कारण गोकुलमले उपाधि जित्यो।

दुई सिजन भारतीय लिगबाट खेलिरसकेकी भण्डारीको लक्ष्य देशलाई साफको च्याम्पियन बनाउनु हो।’मेरो पहिलो लक्ष्य नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाउन कडा मिहिनेत गर्नु हो। क्लब स्तरमा भने अवसर पाए युरोपियन क्लबमा करिअर बनाउने हो,’ उनले भनिन्।’फुटबलले मेरो जीवन पूर्णरुपमा परिवर्तन गरेको छ। पहिला मलाई कसैले चिन्दैन थिए। अहिले फुटबल मेरो परिचय हो। देशले मेरो विश्वास गर्छ। देशको फुटबलरको रुपमा चिनिन पाउदा गर्व लाग्छ।’

Related Articles

Back to top button
Close