समाचार

एन्टीबडी ‘पोजिटिभ’ देखिएपछि भैंसीगोठमा भर्ना ! कहाँ छ सरकार ?

काठमाडौं – कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तिलाई राख्न आइसोलेसन नभएपछि दैलेखको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका ४ जनालाई भैंसीगोठमा राखिएको छ ।शनिवार परीक्षणका क्रममा पोजिटिभ भएपछि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको छ ।

भारतबाट १० दिनअघि आएका ती व्यक्ति ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडीटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताएकी छन् ।

‘यहाँ आइसोलेसन छैन,’ उनले भनेकी छन्, ‘क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा भैसीगोठमा लगिएको हो ।’ ती व्यक्तिलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ । ‘एक्कासी धेरै मानिस भित्रिएपछि व्यवस्थापनमा समस्या भयो,’ उनले भनिन्, ‘अन्य ठाउँका क्वारेन्टाइन पनि भरिएपछि एउटै कोठामा धेरैलाई राख्नुपर्ने बाध्यता भएको छ ।’

Related Articles

Back to top button
Close