समाचार

गंगाको चौधरीको आरोप : भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो

१९ जेठ, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गरेकी छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई उनले दादागिरीको संज्ञा दिएकी हुन् ।

केही दिनअघि संसदमा बोल्ने क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन् ।गिरीलाई जवाफ दिदै चौधरीले भनिन् ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’

प्रधानमन्त्रीले समृद्धिका सपना र योजना फ्याँक्नासाथ भारतीय खुफिया एजेन्सी र का एजेन्टहरु १५ दिनसम्म घाइते हुने गरेको भन्दै सरकारले देशको हितमा काम गर्न खोज्दा सबै शक्ति लगाएर असफल पार्न खोजिने गरेको आरोप चौधरीले लगाइन् ।

Related Articles

Back to top button
Close