समाचार

हिउँ छिचोल्दै सीमा सुरक्षा गर्न पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी

१९ जेष्ठ २०७७, सोमबार काठमाडौं,चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ। सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन।बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यस अघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ।

चीन र भारतबीचको सीमा वि’वाद च’रमउत्कर्षमा, ल’द्दाखमा दुबै देशले बढाए सैनिक र ह’तियार-एजेन्सी। भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच वि’वाद च’रमउत्कर्षमा पुगेकाे छ । त’नाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सै’न्य ह’तियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।लद्दाखमा विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा वि’वाद हुँदै आएको छ । पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र वि’वादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ त’नाव बढ्दै गएको हो ।सै’न्य तथा कुट्नीतिक स्तरमा उत्पन्न त’नावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भि’डन्तलाई ध्यानमा राख्दै सैनिक, ह’तियार र तिनको गतिविधि बढाएका हुन्।

टाइम्स अफ इण्डियाले श्रोतलाई उदृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सै’न्य रणनीति अन्तरगत आर्’टलरी ब’न्दुक, पैदल सेनाको ल’डाई सवारी साधन र भारी सै’न्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ ।यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तो’पखानाको ब’न्दुक जस्ता ह’तियारहरू बढाउन सुरू गरेको छ । भारतीय वायुसेनाले त्यहाँ क’डा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यध्यपी यसको आधिकारिक संख्या पुष्टि हुन सकेको छैन ।

यस महिनाको सुरूमा चिनियाँ सेना र भारतीयबीच झ’डप समेत भएकाे थियाे । सीमामा घुसपैठ गर्न खोजेपछि भारतीय सेना टाेलीलाई चिनियाँ सेनाले नियन्त्रणमा पनि लिएकाे थियाे । भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो घू’सपैंठको गर्न खाेजेकाे बताउँदै अाएकाे छ ।भारतीय सेनाले चीनको यस क’दमलाई आफूमाथि द’बाब बढाउने चिनियाँ रणनीति भएको निष्कर्ष निकालेको छ। ‘हामी चिनियाँहरूको यो च’लाखीका बारेमा सचेत छौं। भारतीय सेना आफ्नो अडानमा अ’डिग छ र यी क्षेत्रमा पूर्वतः अवस्था नआउँदासम्म हामी केही स्वीकार गर्ने छैनौं,’ एक वरिष्ठ भारतीय सैन्य अधिकारीले भने ।

अघिल्लो शुक्रबार भारतीय सेना प्रमुख एमएम ना’राभान पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै त्यहाँ पुगेकाे थिए । भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बा’धा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सु’रक्षाको लागि आफू हरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।भारत र चीनका फौ’जहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भ’नाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले क’ब्जा गरेको दा’वी गर्दैआएको छ ।चिनियाँ सिपाही हरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ ।

Related Articles

Back to top button
Close