समाचार

हमाल भन्छन्–‘कायर व्यक्तिले मात्र जात र वर्गको आधारमा विभेद गर्छ’

नायक राजेश हमालले भिडियो मार्फत आफ्नो भनाइहरु सार्वजनिक गर्न थालेका छन् । कोरोना भाइरसको बिषयमा होस् या सरकारले नयाँ नेपालको नक्शा सार्वजनिक नै गरेपछि किन नहोस्, नायक हमालले फेसबुकमा भिडियोमार्फत नै आफ्नो भनाई सार्वजनिक गरेका थिए ।उनै, हमालले जाजरकोट घटनाको बिषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । हमालले भनेका छन्–‘कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले जात, धर्म, समुदाय, वर्गको आधारमा विभेद गर्ने अधिकार छैन । यदि, कुनै व्यक्तिले यस्तो सोचले विभेद गर्छ भने उ कायर हो ।’हमालले भने–‘जातिय विभेदलाई हामीले निरन्तर दिइराख्यौ र यसलाई जरैदेखि उखाल्न सकेनौ भने यसले समाजलाई अगाडि बढ्न दिदैन ।

’हमालले, यस्तो जडबाट जन्मिएको फोहोरी राजनीतिले राष्ट्रको हित हुन नसक्ने पनि बताएका छन् । नायक हमालले नेपालीहरुमा रहेको आपसी भाइचारलाई निरन्तरता दिन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।समाजमा जरो गाडेका कुविचारहरुलाई हटाएको खण्डमा राजनीति पनि शुद्ध हुने उनको तर्क छ ।

दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण-जनता मावि गढवाको क्वारेन्टिनबाट स्वाबको नमूना संकलन गर्दै एक स्वास्थ्यकर्मी । फाइल फोटो१९ जेठ, दाङ । दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको हो ।कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।

गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताए ।जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् ।शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

Related Articles

Back to top button
Close