समाचार

यसकारण बढ्यो पेट्रोल र डिजेलमा ५ रुपैयाँ

सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासको करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री युवराज खतिवडा । तस्बिरः रासस

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

यसअघि सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो।

Related Articles

Back to top button
Close