समाचार

लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म ब’न्द

काठमान्डौ , आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय ब’ढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बै’ठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म ब’न्द गर्ने निर्णय गरेको छ ।यस्तै विदेशमा अ’लपत्र रहेका नेपालीलाई ल्याउने का’र्ययोजना स्वी’कृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अ’लपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सि’फारिसमा सरकारले लकडाउन ल’म्बाउने नि’र्णय गरेको हो ।

विद्यालय त खुले तर खोइ बिद्यार्थी ?-बेइजिङ । चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ ।सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोड भन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन् । यो चीनभर रहेका विद्यार्थीहरूको कूल सङ्ख्याको ३९ प्रतिशत हो ।चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्र्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भने,’प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ ।

सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी सङ्ख्याको ३९ प्रतिशत सहभागिता भएको छ । बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ ।’विश्वमा महामारीको रूप लिएको कोरोनाभाइरस शुरूमा गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट पत्ता लागेको थियो । चीनमा कोरोनाभाइरसबाट मङ्गलबारसम्ममा करिब ८३ हजार व्यक्ति सङ्क्रमित बनेका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ ।चीनमा पछिल्ला दिनमा सङ्क्रमणका घटना छिटफुट देखिएपनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तिरिकरूपमा सङ्क्रमण हुनेक्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन् । सिन्हवा

Related Articles

Back to top button
Close