समाचार

चारैजना संक्रमित निको भएपछि भक्तपुर बन्यो कोरोना मुक्त जिल्ला

भक्तपुर जेठ १७ । भक्तपुर जिल्लाका संक्रमित चारैजना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर फर्किएका छन् ।भक्तपुर नगरपालिका वडा नं.५ स्थित भेलुखेलका ४२ बर्षीय पुरुषको स्वाब परीक्षणमा नेगेटिभ आए पछि अस्पतालले आज डिस्चार्ज गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले जानकारी दिनुभयो ।

शनिवार दिउँसो डिस्चार्ज भई उनी घर फर्किएसंगै भक्तपुर जिल्ला हाललाई कोरोना संक्रमण संख्या शून्य जिल्ला भएको हो । ११ दिन अघि कोरोना पोजिटिभ देखिएपछि उपचारको लागि बलम्बुस्थित सशस्त्र प्रहरीको् कोभिड १९ विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनीलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भक्तपुर जिल्लामा तेस्रो कोरोना संक्रमित व्यक्ति पुष्टि गरेको थियो । जेठ ६ गते (कोरोना पोजिटिभ) कोभिड १९ कोरोना भाइरस संक्रमित भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको थियो ।

काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीमा कार्यरत उनी भक्तपुरमा पहिलो स्थानीय संक्रमित व्यक्ति हुन ।

Related Articles

Back to top button
Close