समाचार

‘चिनियाँ सरकारकाे अपराध र डब्ल्यूएचओको गल्तीकाे सजाय सारा विश्वले भाेगिरहेछ’ – ट्रम्प

एजेन्सी, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सारा सम्बन्ध समाप्त गर्नतिर लागेकाे बताएका छन् ।शुक्रबार ट्रम्पले याे आरोप समेत लगाए कि डब्ल्यूएचओले सुरुमा कोरोना भाइरस संक्रमणलाई फैलिनबाट रोक्न सकेन । उनकाे अर्काे गम्भीर छ- विश्व स्वास्थ्य संगठन चीनको कठपुतली बनेकाे छ ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएचओलाइ अमेरिकाले दिँदै अाएकाे यसअघि नै कोष बन्द गरिसकेका छन् । “हामीले डब्ल्यूएचओको व्यापक सुधारको लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,” ट्रम्पले शुक्रबार ह्वाइट हाउसको प्रेस सम्मेलनमा भने, “आज, हामी विश्व स्वास्थ्य संगठनसंग हाम्रो सबै सम्बन्ध तोड्दैछौं । अमेरिकाले उसका लागि खर्च गर्ने रकम अब विश्वव्यापी सार्वजनिक स्वास्थ्यमा लगानी गर्नेछ । डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, जबकि यसले अमेरिकाको तुलनामा एकदमै कम रकम दिन्छ ।”

मेरिकी राष्ट्रपतिले गत महिना डब्ल्यूएचओलाई चेतावनी दिएका थिए ने कि यदि ३० दिनभित्र डब्ल्यूएचओमा कुनै सुधार हुँदैन भने अमेरिकाले स्थायी रुपमा नै फन्ड रकम रोक्नेछ । अब अहिले सारा विश्वले डब्ल्यूएचओको गल्तीको मूल्य चुकाउनुपरेको उनकाे भनाइ छ । ट्रम्पले डब्ल्यूएचओलाई लिखित पत्रमा नै भनेका थिए- ‘चीनपरस्त’ मानसिकताबाट मुक्त हुनुपर्छ।’

यसै क्रममा ट्रम्पले चीनलाई निशाना बनाउँदै भने, “सम्पूर्ण विश्व अहिले चिनियाँ सरकारको अपराधको सजाय भाेगिरहेकाे छ। चीनले विश्वव्यापी महामारीको शुरुआत गर्‍यो र हामीले यसको मूल्यस्वरूप एक लाखभन्दा बढी अमेरिकीहरू नागरिकको ज्यान दिनुपरेकाे छ ।”

ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि निरन्तर प्रश्न गरिसकेका छन्। ट्रम्प सत्तामा आएदेखि नै ‘अमेरिका फर्स्ट’ को नीति धेरै आक्रामक रूपमा अपनाइएको छ। सत्तामा आएपछि ट्रम्पले संयुक्त राज्यलाई संयुक्त राष्ट्र मानव अधिकार काउन्सिलबाट समेत अलग गरेका थिए। यसपछि अमेरिकाले संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सीले युनेस्कोबाट आफूलाई अलग गर्यो, जलवायु परिवर्तन सम्झौताबाट अलग भयो र इरानसँगको आणविक सम्झौता समेत तोड्यो।

Related Articles

Back to top button
Close