समाचार

अमेरिका-चीन विवाद बढ्दो, अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीलाई निष्काशन गर्ने तयारी

एजेन्सी, १६ जेठ । पछिल्लो समय विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव बढ्दो छ । अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोना भाइरसलगायतका विविध विषयलाई लिएर तनाव बढिरहेको छ ।‘कोरोना भाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ ।

चीनले ह्याकर लगाएर आफ्नो कोभिड- १९ सम्बन्धि उपचार विधि र शोधसँग सम्बन्धित तथ्यांकहरु चोर्न लगाएको आराेप समेत अमेरिकाले लगाउँदै आएकाे छ ।यसैबीच अमेरिकाले आफ्नो देशका विश्वविद्यालयमा अध्ययन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीहरुलाई निष्काशन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार चार अमेरिकी अधिकारीहरुले यो कुराको पुष्टि गर्दै ट्रम्प अहिले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने एक महिना पुरानो प्रस्तावमाथि विचार गरिरहेको बताएका छन् ।यसमा ती विद्यार्थीहरु छन् जो पिपुल्स लिबरेशन आर्मीको मान्यता प्राप्त केही विश्वविद्यालयको साथमा करार भएका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । अर्थात चीनसँग करार भएका अमेरिकी विश्वविद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुलाई अमेरिकाबाट निकाल्ने तयारी भइरहेको छ ।

तर विश्वविद्यालयका अधिकारीहरूले भने ‘सरकार पागल’ भएकाे संज्ञ दिएका छन् । अधिकारीहरूले यसले सम्भावित थप शैक्षिक प्रतिबन्धहरूलाई लाग्न सक्ने र चिनियाँ सरकारले अमेरिकीहरूमाथि आफ्नै भिसा वा शैक्षिक प्रतिबन्ध लगाएर बदला लिन सक्ने बताएका छन् ।

चिनियाँ विद्यार्थीहरूलाई राेक्नकाे लागि ट्रपकाे याे पहिलाे याेजना हाे । अमेरिकामा सबैभन्दा धेरै विदेशी विद्यार्थीहरूको संख्या चिनियाँ विद्यार्थीहरूकै रहेकाे छ ।ट्रम्पले कोभिड १९ का विषयमा चीनको रहस्यमय व्यवहार, यो रोगसँग सम्बन्धित तथ्यहरुमा पारदर्शिताको कमी र सुरुवाती समयमा अमेरिकासँग असहयोगको व्यवहारका कारण निकै रुष्ट छन् ।

Related Articles

Back to top button
Close